स्यान्टु पेरिस ओलम्पिकमा छनोट

हिमाल प्रेस २ जेठ २०८१ १८:२६ | Wednesday, May 15, 2024
स्यान्टु पेरिस ओलम्पिकमा छनोट

काठमाडौँ- नेपाली टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका छन्। बुधबार लैनचौरस्थित टेबल टेनिस हलमा भएको दक्षिण एसियाली छनोट प्रतियोगिताको पुरुष एकलतर्फकाे फाइनलमा स्यान्टुले नेपालकै संयोग कपालीलाई ४-३ ले पराजित गरे।

यससँगै स्यान्टु छनोट चरण पार गरेर ओलम्पिक खेल्ने तेस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि नेपालबाट तेक्वान्दोका संगीना वैद्य र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए।

पहिलो सेट ११-७ ले आफ्नो पक्षमा पारेका स्यान्टुले दोस्रो सेट ८-११ ले गुमाए। त्यसपछिका दुईमा सेट ११-७ , ११-६ को जित निकालेका स्यान्टुले पाँचौं र छैटौं सेट ८-११,८-११ ले हराए। सातौं तथा अन्तिम सेट ११-९ ले आफ्नो पक्षमा पार्दै स्यान्टुले ओलम्पिकमा स्थान पक्का गरे।

स्यान्टुले श्रीलंकका चमिरा गिनिगे र संयोगले श्रीलंकाकै जयसनका डी सिल्भालाई पराजित गर्दै फाइालमा स्थान बनाएका थिए। महिलातर्फ माल्दिभ्सकी धिमा फतिमाअलीले ओलम्पिकमा स्थान बनाइन्।

प्रकाशित: २ जेठ २०८१ १८:२६ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast