आईपीएल : लखनऊसँगको जितले दिल्लीको ‘प्लेअफ’ सम्भावना कायमै

हिमाल प्रेस २ जेठ २०८१ ७:४४ | Wednesday, May 15, 2024
आईपीएल : लखनऊसँगको जितले दिल्लीको ‘प्लेअफ’ सम्भावना कायमै

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणको आफ्नो अन्तिम खेलमा सोमबार लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ।

दिल्लीको घरेलु मैदानमा भएको खेलमा दिल्ली १९ रनले विजयी भएको हो।

दिल्लीले दिएको २ सय ९ रनको विशाल लक्ष्य पछ्याएको लखनऊले ९ विकेटको क्षतिमा १८९ रन मात्र बनाउन सक्यो। लखनऊका लागि निकोलस पुरनले २७ बलमा ६ चौका र ४ छक्का सहित सर्वाधिक ६१ रन बनाए।

यस्तै तल्लोक्रमका ब्याटर अर्षद खानले ३३ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ५८ रन बनाए। क्रुनाल पण्ड्याले १८ तथा युधवीर सिंहले १४ तथा क्विन्टन डी ककले १२ रन जोडे।

दिल्लीका लागि इशान्त शर्माले ३ विकेट लिए। खलिल अहमद, अक्षर पटेल, मुकेश कुमार, कुलदीप यादव ट्रिस्टन स्टब्सले समान १ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको दिल्लीले ४ विकेटको क्षतिमा २०८ रन बनाएको थियो। दिल्लीका लागि अभिषेक पोरेलले ३३ बलमा सर्वाधिक ५८ रन बनाए भने स्टब्सले २५ बलमा ५७ रन जोडे।

साई होपले ३८ तय ऋषभ पन्तले ३३ रन बनाए। लखनऊका नवीन उल हकले २ तथा अर्शद खानले र रवि विश्नोइले १-१ विकेट लिए।

यो जित सँगै दिल्लीको लिग चरणका सबै खेल समाप्त भएका छन् । दिल्लीले १४ खेलमा १४ अंक बटुलेको छ । लखनऊको भने एक खेल बाँकी रहँदै १२ अंक छ।

दिल्लीको प्लेअफ पुग्ने सम्भावना आधिकारिक रूपमा समाप्त नभएपनि सम्भावना न्यून रहेको छ । लखनऊले पनि प्लेअफमा पुग्नका लागि अन्तिम खेलमा ठूलो अन्तरको जित हासिल गर्दै अन्य नतिजामा भर पर्नुपर्ने हुन्छ ।

प्रकाशित: २ जेठ २०८१ ७:४४ | Wednesday, May 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast