छायांकनमा ‘तेल भिसा’

हिमाल प्रेस ३१ वैशाख २०८१ १४:१४ | Monday, May 13, 2024
छायांकनमा ‘तेल भिसा’

काठमाडौँ- फिल्म ‘तेल भिसा’को छायांकन अमेरिकामा सुरु गरिएको छ। अमेरिकास्थित मेरिल्याण्ड राज्यको बाल्टीमोर सहरबाट फिल्मको छायांकन थालिएको हो।

फिल्मको निर्देशन शंकर घिमिरेले निर्देशन गरेको फिल्म सुसन प्रजापतिले छायांकन गरिरहेका छन्। फिल्मको ७० प्रतिशत छायांकन अमेरिका र बाँकी नेपालमा हुने निर्माण टिमले जनाएको छ।

फिल्म आगामी भदौ २८ मा  प्रदर्शन हुनेछ। फिल्ममा डायस्पोरामा  विदेश जाने र उतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिलाई विषयवस्तु बनाइएको छ।

फिल्ममा कलाकार विपिन कार्की, वर्षा राउत, गौरी मल्ल, ऋचा घिमिरे,  बुद्धि तामाङलगायतकाे अभिनय रहनेछ। वेलडन क्रियसनको ब्यानरमा निर्माण भएको हो। फिल्ममा विनोद पौडेल, अदिती खरेल र रमेश चौलागाईंको लगानी छ।

प्रकाशित: ३१ वैशाख २०८१ १४:१४ | Monday, May 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast