मत खसाल्न गाडी चढे मतदाता (फोटो फिचर)

दिपेश श्रेष्ठ २ मंसिर २०७९ ९:४४ | Friday, November 18, 2022
मत खसाल्न गाडी चढे मतदाता (फोटो फिचर)

काठमाडौँ- मंसिर ४ आइतबार प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदैछ । मतदान हुन २ दिन मात्र बाँकी हुँदा आफ्नो मताधिकार प्रयोग गरी चाहेको जनप्रतिनिधि छान्न मतदाताहरु घर फर्किरहेका छन्।

आफ्नो थातथलो छाडी उच्चशिक्षा अध्ययन तथा पेशा व्यवसाय गरी काठमाडौँ उपत्यकामा बसोबास गरिरहेका मतदाताहरु आसन्न निर्वाचनका लागि घर फर्किरहेका हुन्।

काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा लगायत अन्य जिल्ला तर्फका मतदाताहरु कोटेश्वर, जडिबुटी, लोकन्थली, कौशलटारबाट  अरनिको राजमार्गको हुँदै फर्किरहेका छन्।

घर फर्किनेको लागि विभिन्न राजनीतिक  दलहरुले यातायातका साधनहरूको व्यवस्था गरेकाछन्। कति मतदाताहरु भने आफ्नै खर्चमा पनि घर फर्कदैछन्।

प्रकाशित: २ मंसिर २०७९ ९:४४ | Friday, November 18, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast