काठमाडौँ- जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखको जिम्मेवारी एसपी अर्जुन तिमिल्सिनालाई तोकिएको छ।
यसअघिका एसपी विनोद शर्मा बैशाख १० गते हेडक्वार्टर तानिएपछि उनको ठाउँमा तिमिल्सिनालाई पठाइएको हो। नेपाल प्रहरीको केन्द्रीय प्रशासन विभागमा कार्यरत तिमिल्सिनालाई निमित्त आईजी टेकप्रसाद राईको पठाएका हुन्। उनी फ्रान्स गएका आईजीपी बसन्तबहादुर कुँवर फर्किएपछिमात्रै सिन्धुली जानेछन्।
प्रकाशित: १६ वैशाख २०८१ १४:०१ | Sunday, April 28, 2024
प्रतिक्रिया




