आईपीएल : गुजरातको कमजोर प्रदर्शनको फाइदा उठाउँदै दिल्लीको जित

हिमाल प्रेस ६ वैशाख २०८१ ६:५६ | Thursday, April 18, 2024
आईपीएल : गुजरातको कमजोर प्रदर्शनको फाइदा उठाउँदै दिल्लीको जित

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ।

दिल्लीसँग गुजरात टाइटन्सलाई ६ विकेटले पराजित भयो। गुजरातले दिएको ९० रनको सामान्य लक्ष्य पछ्याएको दिल्लीले ६७ बल बाँकी रहँदा ४ विकेट गुमाएर भेट्यायो।

दिल्लीका लागि ज्याक फ्रासेर म्याकगुर्कले २० रन, साइ होप १९, अभिषेक पोरेलले १५ रन बनाए। कप्तान रिऋभ पन्त १६ रन बनाए। गुजरातका लागि सुदीप वारियर २, स्पेसर जोन्सन र रसिद खानले समान १ विकेट लिएका थिए।

त्यसअघि ब्याटिङ गरेको गुजरातका लागि रसिद खानको सर्वाधिक ३२ रनको मद्दतमा ८९ रन मात्र बनाउन सक्यो।

दिल्लीका लागि मुकेश कुमारले ३ विकेट लिएका थिए। इशान्त शर्माले २ विकेट लिए भने ट्रिस्टन स्टुबले २, खलिल अहमद र अक्षर पटेलले समान १ विकेट लिएका थिए।७ खेलमा समान ६ अंकसहित दिल्ली छैटौं र गुजराज सातौं स्थामा छन्।

शीर्षस्थानको राजस्थान रोयल्सको १२ अंक छ। आईपीएलमा आज पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ।

प्रकाशित: ६ वैशाख २०८१ ६:५६ | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast