काठमाडौँ- एसिसी प्रिमियर कप ट्वान्टी २० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाले प्रभावित बनेको छ। ओमानको अल इमिरेट्स क्रिकेट मैदानमा बिहान ११ः४५ बजे सुरु हुनुपर्ने खेलमा टस समेत हुन सकेको छैन।
लगातार तेस्रो जित निकाल्दै नेपाल समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा छ। यसअघि नेपालले मलेसियालाई पाँच विकेट तथा कतारलाई ३२ रनले पराजित गरेको थियो।
यता हङकङ पनि दोस्रो जितको खोजीमा छ। यसअघि कतारलाई २६ रनले पराजित गरेको हङकङ साउदी अरेबियासाँग ५५ रनले पराजित भएको थियो।
प्रकाशित: ३ वैशाख २०८१ १२:२८ | Monday, April 15, 2024
प्रतिक्रिया





