कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

हिमाल प्रेस २८ चैत २०८० १६:०१ | Wednesday, April 10, 2024
कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा शपथ ग्रहण

कर्णाली- कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारसमक्ष मुख्यमन्त्री कँडेलले आज शपथ ग्रहण गरेका हुन्।

प्रदेश प्रमुख परियारले नेपालको संविधानको धारा १७२ बमोजिम मुख्यमन्त्री कँडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए। उनी नेकपा (एमाले)सहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मङ्गलबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री कँडेलले आजै पदबहाली पनि गरेका छन्।

प्रकाशित: २८ चैत २०८० १६:०१ | Wednesday, April 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast