त्रिविमा उत्तरपुस्तिका हराउनेलाई तत्काल कारबाही होस् : विद्या भट्टराई

हिमाल प्रेस १८ चैत २०८० १३:१० | Sunday, March 31, 2024
त्रिविमा उत्तरपुस्तिका हराउनेलाई तत्काल कारबाही होस् : विद्या भट्टराई

काठमाडौँ- नेकपा एमाले नेत्रृ एवं सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराउनुमा चरम लापर्वाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही गर्न माग गरेकी छन्।

आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा उनले नजिता पर्खिरहेका विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन्।

‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए । तर, उनीहरूले नतिजा होइन, उत्तरपुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशनसहितको सूचना त्रिविले प्रकाशित गरेको छ । १८३ विद्यार्थीको उत्तर पुस्तिका हराएको भन्ने समाचारले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । यस प्रकारको चरम लापर्वाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाहीसमेत माग गर्दछु,’ उनले भनिन् ।

 

प्रकाशित: १८ चैत २०८० १३:१० | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast