निफमा ‘बुलाकी’ सर्वोत्कृष्ट फिल्म, अन्तर्राष्ट्रियतर्फ ‘वाइल्ड स्वान्स’

हिमाल प्रेस ६ चैत २०८० १२:२९ | Tuesday, March 19, 2024
निफमा ‘बुलाकी’ सर्वोत्कृष्ट फिल्म, अन्तर्राष्ट्रियतर्फ ‘वाइल्ड स्वान्स’

काठमाडौँ- नेपाल इन्टरनेसनल फिल्म फेस्टिभल (निफ) को सातौ संस्करण सम्पन्न भएको छ। चैत १ गतेदेखि सुरु भएको निफ सोमबार विभिन्न अवार्ड समारोहसहित सम्पन्न भएको हाे।

फेस्टिभलमा ‘बुलाकी’ले राष्ट्रियतर्फ सर्वोत्कृष्ट फिचर फिल्म अवार्ड जित्याे। साथै ‘बुलाकी’बाट अभिनेत्री सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्री  र लक्ष्मण सुनारले सर्वोत्कृष्ट निर्देशक अवार्ड जिते।

त्यस्तै सर्वोत्कृष्ट अभिनेता ‘एक भागवत र एक गीता’ बाट विपिन कार्कीले जिते।

अन्तराष्ट्रियतर्फ ‘वाइल्ड स्वान्स’ सर्वोत्कृष्ट फिचर फिल्म जितेको छ। यसले गौतम बुद्ध अवार्ड पनि जितेको छ, फिल्मका निर्देशक रजनी बासुमातारी हुन्।

यसवर्ष निफमा ४० देशका ८८ फिल्मले प्रतिस्पर्धा गरेका थिए। जसमध्ये सर्वोत्कृष्ट अवार्ड पाउने विजेताको सूचीः

राष्ट्रियतर्फः
सर्वोत्कृष्ट फिचर फिल्मः बुलाकी
छोटो फिल्मः एट एनोदर वीन्टर (किरण श्रेष्ठ)
निर्देशकः लक्ष्मण सुनार(बुलाकी)
अभिनेताः विपिन कार्की (एक भागवत एक गीता)
अभिनेत्रीः सुरक्षा पन्त (बुलाकी)
डकुमेन्ट्री फिल्मः झर्ना (इनुमा राई)
पटकथाः कमल इक्छेइ मगर (डेसान)
छायाकारः राजेश श्रेष्ठ र संकल्प भुजेल(एक भागवत र एक गीता)

दर्शक छनोट अवार्डतर्फ

सर्वोत्कृष्ट फिचर फिल्मः ‘पखेटा’ (सनाइ दास)
छोटो/ डकुमेन्ट्री फिल्मः अर्केष्टा (सफल पाण्डे)

अन्तर्राष्ट्रियतर्फ

सर्वोत्कृष्ट फिचर फिल्मः ‘वाइल्ड स्वान्स’ (गौतम बुद्ध अवार्ड)
डकुमेन्ट्री फिल्मः लभ लाइट (माउन्ट एभरेस्ट अवार्ड)
छोटो फिल्मः आइ प्रमिस यू प्याराडाइज (बागमती अवार्ड)
अन्तर्राष्ट्रिय महासंघ फिल्म सोसाइटीको सिफारिसमा अन्तर्गत सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्मः लजारस पाथ
स्पेसल मेन्सन अवार्डः द ट्रेकर, द वुल्फ एण्ड द मंकी किङ्ग

प्रकाशित: ६ चैत २०८० १२:२९ | Tuesday, March 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast