रसुवाको जुरेढुंगा केन्द्रविन्दु भएर भूकम्प

हिमाल प्रेस ४ चैत २०८० १०:४९ | Sunday, March 17, 2024
रसुवाको जुरेढुंगा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ- काठमाडौँको उत्तरी क्षेत्र रसुवा जिल्लाको जुरेढुंगा केन्द्रविन्दु भएर भूकम्प भएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ९ः४४ बजे रसुवा जिल्लाको जुरेढुंगा आसपास केन्द्रविन्दु भएर चार रिक्टरस्केलको भूकम्प भएको हो।

यसअघि फागुन २८ गते बाजुरा जिल्लाको जुगाडा केन्द्रविन्दु भएर चार दशमलव तीन रिक्टरस्केलको भूकम्प भएको थियो। नेपालमा पछिल्लो समय कम शक्तिशाली भूकम्प हुने क्रम जारी रहेको छ।

नेपालमा अधिक हिमाली क्षेत्र भएकाले सधै भूकम्पीय जोखिममा रहेकोे भूकम्पविद्हरू बताउँछन्।

प्रकाशित: ४ चैत २०८० १०:४९ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast