निफको उद्घाटनमा आनी छोइङ डोल्माको फिल्म देखाइने

हिमाल प्रेस १ चैत २०८० ११:३८ | Thursday, March 14, 2024
निफको उद्घाटनमा आनी छोइङ डोल्माको फिल्म देखाइने

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौँ संस्करण बिहीबार(आज)देखि सुरु हुँदैछ। सुन्धारास्थित सिभिल मलमा दिउँसो साढे १ बजे सुचना तथा सञ्चारमन्त्री रेखा शर्माले निफको उद्घाटन गर्नेछन्। उद्घाटन समारोहमा आनी छोइङ डोल्माको जीवनीमा आधारित डकुमेन्ट्री  फिल्म ‘आनी बोण्डः छोइङ डोल्मा’ देखाइनेछ।

चैत ५ गतेसम्म सञ्चालन हुने फेस्टिभलमा ४० देशका ८८ फिल्म देखाइने आयोजकले जनाएको छ। साथै फेस्टिभल अवधिभर विभिन्न ८ वटा सेसनमा छलफल पनि हुनेछ।

फिल्म उपत्यकामा रहेको क्यूएफएक्स सिनेमाजअन्तर्गत सिभिल मल, छाया सेन्टर, लबिम मल, भाटभटेनी भक्तपुरको हलबाट प्रदर्शन हुनेछ।

छनोट भएका फिल्म हेर्न खल्ती एपबाट टिकट काट्न सकिने समेत आयोजकले जनाएको छ। यसपटक सात विधामा १४ वटा पुरस्कार वितरण गरिने बताइएको छ।

प्रकाशित: १ चैत २०८० ११:३८ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast