ईपीजी प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

हिमाल प्रेस १६ फागुन २०८० १७:३३ | Wednesday, February 28, 2024
ईपीजी प्रतिवेदन बुझ्न गृहकार्य भइरहेको छ : प्रधानमन्त्री

काठमाडौँ –  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र भारतबीचका सन्धी सम्झौताको पुनरवलोकन गर्न गठित प्रबुद्ध व्यक्तिको समूह (ईपीजी) को प्रतिवेदन बुझ्न दुवै देशका तर्फबाट गृहकार्य भइरहेको बताएका छन्।

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सो प्रतिवेदन दुवै देशले एकैसाथ बुझ्ने गरी आन्तरिक तयारी गरिएको जानकारी दिएका हुन्।

सो प्रतिवेदन बुझ्न भारतले आनाकानी गर्दै आएकाले बैठकमा सांसदहरुले चासो राखेका थिए। सांसदहरुका प्रश्नको जवाफमा प्रधानमन्त्री प्रचण्डले एकैपटक बुझ्ने स्थिति नआएमा के गर्ने भनेर नेपालले निर्णय लिने अवस्था आउने पनि स्पष्ट गरे।

प्रकाशित: १६ फागुन २०८० १७:३३ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast