‘टाँक’ को पोस्टरः ग्रामीण पहिरनमा प्रियंका

हिमाल प्रेस १६ फागुन २०८० ११:५४ | Wednesday, February 28, 2024
‘टाँक’ को पोस्टरः ग्रामीण पहिरनमा प्रियंका

काठमाडौँ– साम्तेन भुटियाको निर्देशित छोटो फिल्म ‘टाँक’को पोस्टर भएको छ। सार्वजनिक पोस्टरमा अभिनेत्री प्रियंका कार्कीलाई ग्रामीण भेगको महिलाको पहिरनमा प्रस्तुत गरिएको छ।

निर्देशक भुटियाकै लेखन तथा सम्पादन रहेको फिल्म सामाजिक कथावस्तुमा आधारित छ। फिल्म धादिङमा छायांकन गरिएको छ। आयुषमान जोशीले छायांकन गरेका फिल्ममा अन्य कलाकार रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी, रेणु योगीलगायतको अभिनय छ।

फिल्म आयंका फिल्मस्को ब्यानरमा निर्माण भएको छ। छोरी आयंकाको नामबाट अभिनेत्री कार्कीले फिल्म निर्माण कम्पनीको नाम स्थापना गरेकी छन्।

प्रकाशित: १६ फागुन २०८० ११:५४ | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast