अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइते

हिमाल प्रेस १३ फागुन २०८० १६:४९ | Sunday, February 25, 2024
अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्ध घाइते प्रतिनिधिमूलक तस्बिर।

अछाम-  अछाममा जङ्गली बँदेलको आक्रमणबाट एक वृद्धा घाइते भएका छन्। आज दिउँसो कमलबजार नगरपालिका–७ बस्ने ६६ वर्षीय वृद्धा हीरादेवी अधिकारीलाई बँदेलले आक्रमण गरी घाइते बनाएको हो।

घरबाट करिब आधा किलोमिटर टाढा रहेको पत्थरिया खान जङ्गलमा बाख्रा चराउने क्रममा जङ्गली बँदेलले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले जानकारी दिए।

घाइते अधिकारीको कमलबजार स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेतमा पठाइएको प्रनाउ पाठकले बताए। बँदेलको आक्रमणबाट उनको कम्मरमा गहिरो चोट लागेको छ। रासस

प्रकाशित: १३ फागुन २०८० १६:४९ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast