सरकारलाई किसान आन्दोलन बुझाउन गाईवस्तु सिंहदरबारमा हुल्नुपर्छ : हरि ढकाल

हिमाल प्रेस १३ फागुन २०८० १२:३५ | Sunday, February 25, 2024
सरकारलाई किसान आन्दोलन बुझाउन गाईवस्तु सिंहदरबारमा हुल्नुपर्छ : हरि ढकाल

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले सरकारलाई ब्युँझाउन अब किसानले पशु चौपाया सिंहदरबार र बालुवाटारमा हुल्नुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद ढकालले कृषकप्रति सरकार गैरजिम्मेवार भएकोले पशु चौपाया सिंहदरबार हुल्ने बाहेक अरू विकल्प नभएको बताएका हुन्।

‘सरकारका कृषि मन्त्रीलाई प्रश्न, मनलाग्दी नियुक्तिबाहेक तपाईँले किसानको पक्षमा गरेको एउटा काम के हो ?’, उनले भने, ‘मिल्क होलिडेको कारण दूध पोखेर सांकेतिक विरोध गरेका किसानले सरकारलाई ब्युँझाउन पशु चौपाया सिंहदरबार कि बालुवाटार हुलिदिने हो ? अब किसानले गोठबाट सिंहदरबार-बालुवाटार लगेर हुल्दिन्छन्। त्यसका लागि सरकार तयार रहोस्।’

 

प्रकाशित: १३ फागुन २०८० १२:३५ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast