इतिहास रच्ने योजनामा नेपाली महिला फुटबल टोली

हिमाल प्रेस ८ फागुन २०८० १४:२५
4
SHARES
इतिहास रच्ने योजनामा नेपाली महिला फुटबल टोली फाइल तस्बिर

काठमाडौँ- नेपाली महिला फुटबल टोलीले हालसम्म कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

अधिकांश प्रतियोगितामा फाइनलसम्ममै नपुग्ने गरेका कारण नेपाली टोली हालसम्म उपाधिविहीन बन्न पुगेको हो। महिला टोलीले धेरै प्रतियोगिता खेल्ने अवसर पनि पाउँदैन।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) प्रतियोगितामै सीमित हुने महिला टोली यसपल्ट भने नयाँ इतिहास रच्ने योजनामा छ। यही योजनाका साथ अहिले टोली साउदी अरेबियामा छ।

यसपटक नेपाली टोलीले वाफ वुमन्स च्याम्पियनसिप खेल्दैछ। यो प्रतियोगितामा पश्चिमी एसियन देश सम्मिलत हुन्छन्।

यसपटक नेपालले आमन्त्रिकको रूपमा प्रतियोगिता खेल्दैछ। तर यहाँ नेपाल भन्दा कमजोर टोली छन्। पश्चिम एसियाली फुटबल महासंघले नेपालसहित ग्वामलाई पहिलोपटक आमन्त्रण गरेको हो ।

प्रतियोगितामा नेपालसहित ग्वाम र साउदी अरेबियाले पहिलो पटक सहभागिता जनाउँदैछन्। प्रतियोगिताको यो आठौं संस्करणको हो। प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ।

नेपाल रहेको समूहमा सिरियासहित प्यालेस्टाइन र इराक छन्। नेपालले समूह चरणको खेलमा बिहीबार इराक र शनिबार प्यालेस्टाइनसँग खेल्नेछ।

यी टोलीहरूलाई जितेर उपाधि हासिल गर्ने नेपाली टोलीकी कप्तान एन्जिला तुम्बाहाम्फो बताउँछिन्। एन्जिलाकै कप्तानीमा नेपाली टोली मैदान पस्दैछ।

नेपालले आजै सिरियाविरुद्ध खेल्दैछ। खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । खेल जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा हुनेछ।

प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षणमा टोली साउदी पुगेको हो। नेपालका लागि स्ट्राइकर सावित्रा भण्डारी पनि उपलब्ध हुनेछिन्।

फ्रान्सको टोलीमा आबद्ध उनी उतैबाट साउदी पुग्ने एन्फाले जनाएको छ। सावित्रा उपलब्ध हुने भएकाले पनि नेपाली टोलीले खेल जित्ने मनोबल बनाएको छ।

यसका साथै भारतीय लिग खेलेका खेलाडी पनि नेपाली टोलीमा छन्।

प्रकाशित: ८ फागुन २०८० १४:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast