जनयुद्ध दिवसमा बिदा दिइएको छैन : गृह मन्त्रालय

हिमाल प्रेस २९ माघ २०८० १२:३५ | Monday, February 12, 2024
जनयुद्ध दिवसमा बिदा दिइएको छैन : गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले भोलि (मंगलबार) सार्वजनिक बिदा नरहेको बताएको छ।

सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले सर्वोच्च अदालतको फैसलाका आधारमा फागुन १ गतेका लागि निर्धारण गरिएको बिदा कायम नरहेको जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको विज्ञप्तिमा सार्वजनिक बिदा नदिएको स्पष्ट पारिएको हो।

यसअघि सरकारले जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। तर, सर्वोच्चले बिदा दिने सरकारको निर्णय बदर गरिदिएको थियो। तर अहिले कतिपय स्थानीय तहले सार्वजनिक बिदा दिइरहेका छन्।

 

प्रकाशित: २९ माघ २०८० १२:३५ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast