‘विगतमा राजनीतिक अन्योलताका कारण विकासले गति लिन सकेन’

हिमाल प्रेस २७ माघ २०८० १९:१६ | Saturday, February 10, 2024
‘विगतमा राजनीतिक अन्योलताका कारण विकासले गति लिन सकेन’ फाइल तस्बिर

नुवाकोट- अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताएका छन्।

नुवाकोटको तारकेश्वर गाउँपालिका-१ मा आज तारकेश्वर तामाङ समाजले आयोजना गरेको ‘ल्होछार बृहत् सांस्कृतिक कार्यक्रम’लाई सम्बोधन गर्दै जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी आवको नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने बताए।

‘विगतमा राजनीतिक अन्योलताका कारण लामो समय विकासले गति लिन सकेन’,अर्थमन्त्री महतले भने,‘अबको लक्ष्य स्रोत र साधनले भ्याएसम्म पूर्वाधारका संरचनाको निर्माण र प्राविधिक एवं सीपयुक्त शिक्षामार्फत रोजगारी सिर्जना गरेर अर्थतन्त्र बलियो बनाउने हुनेछ।’

उनले मुलुकमा अब राजनीतिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे। ‘चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा–छहरे सुरुङमार्गको काम अघि बढाउन केन्द्रीय सरकारकाले प्राथमिकता दिएको छ’,उनले भने।

प्रकाशित: २७ माघ २०८० १९:१६ | Saturday, February 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast