प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु

हिमाल प्रेस २२ माघ २०८० १४:०८
18
SHARES
प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सुरु

काठमाडौँ- प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिता सोमबारबाट काठमाडौंमा सुरु भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा सुरु प्रतियोगितामा एथलेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन गरी चार खेलको प्रतिस्पर्धा हुनेछ।

भलिबलमा छात्र टोलीको मात्र सहभागिता रहेको छ। एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, ब्याडमिन्टन त्रिपुरेश्वरस्थित राखेपको कभर्डहल, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र र भलिबल जावलाखेलस्थित राष्ट्रिय खेलकुद प्रशिक्षण केन्द्रमा खेलाइने राखेपले जनाएको छ।

प्रतियोगितामा विभिन्न १० विश्वविद्यालयका २ सय ८० खेलाडी सहभागी छन्। एथलेटिक्समा १२, भलिबलमा १ तथा टेबलटेनिस र ब्याडमिन्टनमा समान ५–५ गरी जम्मा २३ स्वर्णका लागि प्रतिस्पर्धा हुने राखेपले जनाएको छ।

प्रतियोगिता मंगलबार समापन हुने राखेपले जानकारी दिएको छ।

प्रकाशित: २२ माघ २०८० १४:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast