काठमाडौँ- नेपाल आइसिसी यु-१९ विश्वकप अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। दक्षिण अप्रिकाको माङ्गाउगं ओभलमा बुधबार नेपालले प्रस्तुत गरेको १ सय ७० रनको लक्ष्य बंलादेशले २५.२ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो।
बंगलादेशका लागि अरिफुल स्लामले ३८ बलमा सात चौका र दुई छक्काको मद्दतले अविजित ५९ रनको योगदान गरे। यसैगरी जिसम अलामले ४३ बलमा ६ चौका र दुई छक्काको मद्दतले ५५, उस्हिकुर शिब्लीले १६, चोद्हुर रिजवानले १५ र अहर्र अमिनले १० रन बनाए।
पहिलो विकेटका लागि जिसन र एस्हिकुरले ६७ रनको साझेदारी गरे। नेपालका लागि पाँचै विकेट सुवास भण्डारीले लिए। आठ ओभर बलिङ गरेको उनले ४४ रन खर्चिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले एक बल बाँकी रहँदा सबै विकेट गुमाउँदै हुँदै १ सय ६९ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि विशालविक्रम केसीले सय बलमा ६ चौको मद्दतले सर्वाधिक ४८ रनको योगदान दिए। यसैगरी कप्तान देव खनालले ३५, सुवास भण्डारीले अविजित १८ र अर्जुन कुमालले १४ रन बनाए।
बंगलादेशका लागि रहमत ब्रोसनले ८.५ ओभरमा दुई मेडनसहित १९ रन खर्चिएर चार विकेट लिए। यसैगरी शेख परवेज जीवनले तीन तथा इक्वाल इमोन र मारुफ मृदले समान एक विकेट लिए। अब नेपालले शुक्रबार भारतको सामना गर्नेछ।