अर्थतन्त्रको स्पष्ट मार्गचित्र तयार भयो : अर्थमन्त्री

हिमाल प्रेस १३ माघ २०८० १४:१५ | Saturday, January 27, 2024
अर्थतन्त्रको स्पष्ट मार्गचित्र तयार भयो : अर्थमन्त्री

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्रमा अगाडि बढ्ने स्पष्ट मार्गचित्र तयार भएको बताएका छन्।

शनिबार काठमाडौंमा नेपाल मार्केटिङ एसोसियनले आयोजना गरेको एनमए मार्केटिङ समिटको उद्घाटन गर्दै अर्थमन्त्री महतले यसअघि मुलुकको आर्थिक अवस्थामा समस्या देखिएपनि अहिले अगाडि बढ्ने स्पष्ट मार्गचित्र तयार भएको बताएका छन्।

उनले राजनीतिक पूर्वाधार तयार गरिसकेको र अर्थतन्त्रको पूर्वाधार तयार पार्न आवश्यक रहेकोमा यसैमा ध्यान केन्द्रित रहेको धारणा राखे। मन्त्री महतले मूल्यवृद्धि नियन्त्रणमा रहेको ब्याजदर घटिरहेको र आर्थिक गतिविधि पनि विस्तारै चलायमान बन्दै गएको जिकिर गरे।

उनले अर्थतन्त्रका बिषयमा सकारात्मक सन्देश प्रवाह गर्दै आत्मविश्वास आर्जन गर्नुपर्ने आवश्यकता रहेको बताए।

प्रकाशित: १३ माघ २०८० १४:१५ | Saturday, January 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast