शैक्षिक सुधारको प्रस्ताव पेस गर्न देशभरका विद्यालयलाई पत्र

हिमाल प्रेस ९ माघ २०८० २१:०७ | Tuesday, January 23, 2024
शैक्षिक सुधारको प्रस्ताव पेस गर्न देशभरका विद्यालयलाई पत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (अनुसन्धान तथा गुणस्तर सुधार शाखा) ले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि कार्यक्रम प्रस्ताव पेस गर्न देशभरका सबै विद्यालयलाई आग्रह गरेको छ।

नेपाल सरकारद्वारा जारी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कार्यान्वयन कार्यविधि २०७६ को दफा ३ मा व्यवस्था भएबमोजिमको निर्देशक समितिको गत पुस २९ को निर्णयबमोजिम चालु आर्थिक वर्ष २०८०/०८१ का लागि इच्छुक सार्वजनिक विद्यालयले तोकिएको ढाँचामा यही माघ २९ गतेभित्र सम्बन्धित स्थानीय तहमा पेस गर्न सकिने केन्द्रले जारी गरेको पत्रमा उल्लेख छ।

प्रस्तावका लागि केन्द्रले प्राथमिकताका क्षेत्रहरू तोकिएको जनाएको छ। जसमा देशभरका ७४ विद्यालयका लागि विद्यालय भौतिक पूर्वाधार विकास कार्यक्रम (चारकोठे विद्यालय भवन), विद्यालयमा सूचना प्रविधि प्रयोगशाला, विज्ञान प्रयोगशाला तथा पुस्तकालय स्थापनाका लागि अनुदानः देशभरका जम्मा ५९४ विद्यालयका लागि, प्राविधिक धारका शिक्षाको पहुँच नपुगेका स्थानीय तहका लागि प्राविधिक धारका विद्यालय विस्तार प्राविधिक धारको पहुँच नपुगेका स्थानीय तहहरूमध्ये १९ विद्यालयहरूका लागि प्राथमिकता रहेको केन्द्रको भनाइ छ।

हेर्नुहाेस् पत्र

प्रकाशित: ९ माघ २०८० २१:०७ | Tuesday, January 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast