‘अगस्त्य’मा नाजिरको पाँच अवतार

हिमाल प्रेस २ माघ २०८० १५:२८ | Tuesday, January 16, 2024
‘अगस्त्य’मा नाजिरको पाँच अवतार

काठमाडौँ– फिल्म ‘अगस्त्यः च्याप्टर १’ मा कलाकार नाजिर हुसेनको पाँच अवतारमा देखिने भएका छन्।  निर्माण टिमले सामाजिक सञ्जाल फेसबुकमार्फत मंगलबार नाजिरकाे  ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेका हुन्। नाजिर फिल्ममा ‘निसान’ पात्रको भूमिकामा देखिनेछन्।

यसअघि निर्माण टिमले सौगात मल्लको दुई ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेका थिए। उक्त पोस्टरमा भूमिकाले निकै चर्चा पाइरहेको छ।

‘अगस्त्य’मा सौगातको ‘क्यारेक्टर पोस्टर’

फिल्म फागुन १८ गते प्रदर्शन हुँदैछ। सौरभ चौधरीको लेखन र निर्देशनमा बनेको फिल्ममा अन्य कलाकार मलिका महत, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायतको अभिनय छ। फिल्मको छायांकन भारतको गोरखपुर र नेपालका विभिन्न ठाउँमा गरिएको छ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा प्रकाश मल्ल, अनिश तामाङ र विनोद पौडेल लगानी गरेका छन्। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्।

प्रकाशित: २ माघ २०८० १५:२८ | Tuesday, January 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast