‘अगस्त्य’मा सौगातको ‘क्यारेक्टर पोस्टर’

हिमाल प्रेस १७ पुष २०८० ११:५८
12
SHARES
‘अगस्त्य’मा सौगातको ‘क्यारेक्टर पोस्टर’

काठमाडौँ– फिल्म ‘द अनब्रेकेबल अगस्त्यः च्याप्टर १’ मा अभिनेता सौगात मल्लको ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरिएको छ। फागुन १८ लाई प्रदर्शन मिति घोषणा गर्दै निर्माण टिमले सौगातको दुई ‘क्यारेक्टर पोस्टर’ सार्वजनिक गरेको हो।

पोस्टरमा सौगातलाई ‘सौर्य’ पात्रको रुपमा चिनाइएको छ। एक पोस्टरमा सौगात रेलवेमा हिँडिरहेको कुनै सडकछाप पात्र बनेका छन् भने अर्कोमा उनी एक्सन अवतारमा देखिएका छन्। निर्माण टिमका अनुसार बदलाको कथामा आधारित फिल्ममा सौगात पागल प्रेमीको भूमिकामा छन्।

यो पात्र सौगातले सुरुमा २० किलो तौल बढाएको र पछि फेरि १० किलो तौल घटाएको भन्ने चर्चा चलेको थियो।

सौरभ चौधरीको लेखन र निर्देशनमा बनेको फिल्ममा अन्य कलाकार मलिका महत, नाजिर हुसेन, प्रमोद अग्रहरि, विजय बराल, रविन्द्र झालगायतको अभिनय छ। फिल्मको छायांकन भारतको गोरखपुर र नेपालका विभिन्न ठाउँमा गरिएको छ।

डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेल लगानी गरेका छन्। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्।

प्रकाशित: १७ पुष २०८० ११:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 7 =