रुसी सेनामा भर्ती भएका अर्का नेपाली युवाको पनि मृत्यु

हिमाल प्रेस १७ पुष २०८० १५:२५
रुसी सेनामा भर्ती भएका अर्का नेपाली युवाको पनि मृत्यु ड्युटीमा खटिएका रुसी सैनिक। तस्बिर - गेट्टी इमेजेज्

काठमाडौँ- रुसी सेनामा दुई महिनाअघि भर्ती भएका वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्याल मृत्यु भएको छ। उनी कात्तिक ३ गते आर्मीका जागिर छाडेर यूएई हुँदै रुसी नेपालमा भर्ना भएको स्याङ्जा वालिङ नगरपालिका–१४ वडाध्यक्ष राजु कुँवरले हिमालप्रेसलाई जानकारी दिए।

वडाध्यक्ष कुँवरलाई परराष्ट्र मन्त्रालयका अधिकारीले फोन गरेर अर्यालको रुसमा मृत्यु भएको जानकारी गराएको थियो। वालिङ नगरपालिकाबाट अन्य ३–४ जना रुसी सेनामा भर्ना भएको र उनीहरू त्यहाँ भागेर  बसेको खबर पाएको समेत उनले जानकारी दिए। अहिलेसम्म अर्यालसहित रुसी सेनामा नौ जना नेपालीको मृत्यु भएको छ।

प्रकाशित: १७ पुष २०८० १५:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast