काठमाडौँ- गायिका देविका वन्दना र भारतीय गायक कुमार सानुको स्वरमा रहेको गीत ‘तिम्रो मायाको सागरमा’ सार्वजनिक भएको छ।
सुरेन्द्र महर्जनको शब्द रहेको गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ। गीतमा संगीत संयोजन राजु कार्कीको छ।
निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडियामा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीको अभिनय छ।
गीत देविका वन्दनाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ।
प्रकाशित: ८ पुष २०७९ ११:५७ | Friday, December 23, 2022
प्रतिक्रिया





