उद्यमी र किसानलाई राज्यको सहयोग आवश्यक : राष्ट्रपति भण्डारी

हिमाल प्रेस ७ पुष २०७९ १९:०८ | Thursday, December 22, 2022
उद्यमी र किसानलाई राज्यको सहयोग आवश्यक : राष्ट्रपति भण्डारी फाइल तस्बिर।

बुटवल– राष्ट्रपति विद्यादेवी भण्डारीले उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको बताएकी छन्। बिहीबारदेखि बुटवलमा सुरु भएको राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन्।

परिश्रमबाट कमाएको रकमले राज्यलाई कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न उनले सबैको ध्यानाकर्षण गराइन्। स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा सहजीकरण गरिदिनु राज्यको गहन जिम्मेवारी भएको उनको भनाइ छ।

वर्तमान अवस्थामा देशको राष्ट्रिय अर्थतन्त्रले धेरै गम्भीर प्रकारका चुनौतीहरूको सामना गरिरहेको भन्दै व्यापार घाटा र आयातमाथि हाम्रो निर्भरता विस्तारले विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप परेको उनले बताइन्। यस्ता चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनुपर्ने उनले जोड दिइन्।

‘मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उत्पादन बढाउने, वन पैदावार र जडीबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युत्को स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु आवश्यक छ,’ उनले भनिन्।

प्रकाशित: ७ पुष २०७९ १९:०८ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast