पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक छ : प्रधानमन्त्री

हिमाल प्रेस १ पुष २०८० १८:३२ | Sunday, December 17, 2023
पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भूमण्डलीकरणको बहुआयामिक दबाब छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताएका छन्।

महोत्तरीको बर्दिवासमा अवस्थित जनता मावि गौरीडाँडाको स्वर्णजयन्ती समारोहलाई आज (आइतबार) सम्बोधन गर्दै प्रधानमन्त्रीले एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता देशहरू भूमण्डलीकरणको बहुआयामिक दबाबमा परेको बताएका हुन्। आधारभूत तहदेखि नै पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको प्रधानमन्त्री दाहालले बताए।

‘एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयामिक दबाबमा पर्दै आएका छन्। तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठ्यक्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ,’ उनले भने, ‘हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ।’

प्रकाशित: १ पुष २०८० १८:३२ | Sunday, December 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast