२०८४ सालमा एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली

हिमाल प्रेस ३० मंसिर २०८० १९:१९ | Saturday, December 16, 2023
२०८४ सालमा एमालेले एकल बहुमत ल्याउँछ : अध्यक्ष ओली पाँचथरको फिदिममा शनिबार आयोजित जनसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायतका नेता।

पाँचथर- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन्।

झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा, २०८० अन्तर्गत शनिबार पाँचथरको फिदिममा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्।
अध्यक्ष ओलीले भाँडाकुटी खेलजस्तो हाँडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाउने बताए।

उनले भने, ‘अब मिसन–८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्‍याएर सरकार सञ्चालन गर्नेछ।’ पूर्व प्रधानमन्त्री ओलीले सडकबाट कराएर मात्रै आफ्ना माग पूरा गर्न नसकिने बताउँदै विमतिका बीचमा पनि सहमति खोज्न कोशी प्रदेशविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गरेका छन्।

यस्तै ओलीले तमोर जलासयबाट बृहत् हाइड्रो निर्माण गरी मुलुकलाई उज्यालो बनाउनुपर्ने र नेपालमा खपतपछि उब्रिएको विद्युत् विदेश निर्यात गर्नुपर्ने तर सरकारले गर्न नसकेको प्रति दुःख व्यक्त गर्नुभयो। अध्यक्ष ओलीले आइतबार बिहान पाँचथरको चिवाभन्ज्याङ पुगेर झण्डोत्तलन गर्ने कार्यक्रम छ।

प्रकाशित: ३० मंसिर २०८० १९:१९ | Saturday, December 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast