जिल्ला अदालतबाट बाहिरिँदै खाण।
काठमाडौँ– नक्कली शरणार्थी प्रकरणमा ३० लाख धरौटी बुझाएर थुनामुक्त भएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि १५ लाख रुपैयाँ धरौटी बुझाएका छन्। उच्च अदालत पाटनले बिहीबार उनलाई ३० लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो।
कारागारमुक्त भएका खाणले आज शुक्रबार बिहान जिल्ला अदालत काठमाडौँमा ३० लाख धरौटी बुझाए। त्यसपछि उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगिएको थियो। त्यहाँ पनि १५ लाख बुझाएपछि उनलाई अख्तियार पुर्याइएको छ।
प्रकाशित: २९ मंसिर २०८० १७:०० | Friday, December 15, 2023
प्रतिक्रिया




