नवनिर्वाचित सांसदको स्वागतमा जलपान

हिमाल प्रेस ७ पुष २०७९ १३:५६ | Thursday, December 22, 2022
नवनिर्वाचित सांसदको स्वागतमा जलपान

काठमाडौँ- प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको स्वागत तथा सम्मानमा संघीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ। नवनिर्वाचित सांसदहरूको शपथ सकिएलगत्तै नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो।

यसअघि प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।

नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ।

शपथ समारोहको अगाडि संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सबै नवनिर्वाचित सबै सांसदलाई स्वागत, बधाई एवं शुभकामना व्यक्त गरेका थिए।

महासचिव डा. गौतमले शपथपत्रमा हस्ताक्षर तथा संघीय संसद्को प्रतीक चिह्न ‘लोगो’ लगाउन सांसदहरूलाई आग्रह गरेका थिए।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १६५ र समानुपातिक प्रणालीबाट निर्वाचित ११० गरी कुल २७५ सांसद छन्। प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको हो।

 

प्रकाशित: ७ पुष २०७९ १३:५६ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast