प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट गजुरेलले दिए राजीनामा, राष्ट्रियसभामा जाने तयारी

हिमाल प्रेस २४ मंसिर २०८० २०:५३ | Sunday, December 10, 2023
प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारबाट गजुरेलले दिए राजीनामा, राष्ट्रियसभामा जाने तयारी हरिबोल गजुरेल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले राजीनामा दिएका छन्। मंसिर २० गते राजीनामा दिएको भए पनि हालसम्म स्वीकृत नभएको बताइएको छ।

स्रोतका अनुसार गजुरेलले राष्ट्रियसभामा जानका लागि राजीनामा दिएका हुन्। गजुरेलले व्यक्तिगत कारणले राजीनामा दिएको बताएपछि विभिन्न अड्कलबाजी गरिएको छ। प्रमुख राजनीतिक सल्लाहकार भए पनि आफ्नो भूमिका खासै नभएको र प्रधानमन्त्रीको सचिवालय पनि अराजक भएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएको उनी निकटका नेताहरू बताउँछन्। त्यसैले पनि उनले राष्ट्रिय सभा सदस्य हुने बाटो रोजेको स्रोत बताउँछ।

राष्ट्रियसभा सदस्यको निर्वाचन माघ ११ गते हुँदैछ।

प्रकाशित: २४ मंसिर २०८० २०:५३ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast