साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम : सञ्चारमन्त्री

हिमाल प्रेस २४ मंसिर २०८० १९:४४ | Sunday, December 10, 2023
साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम : सञ्चारमन्त्री फाइल तस्बिर।

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षा राष्ट्रिय सुरक्षाकै नयाँ आयाम भएकाले यसप्रति सरकार गम्भीर र संवेदनशील रहेको बताएकी छन्।

यहाँस्थित इस्लिङ्टन कलेजले साइबर सुरक्षा र डिजिटल फोरेन्सिकसम्बन्धी अनुसन्धान गर्ने उद्देश्यले स्थापना गरेको साइबर सुरक्षा अनुसन्धान हब उद्घाटन गर्दै मन्त्री शर्माले साइबर सुरक्षा सरकारको राष्ट्रिय प्राथमिकतामा रहेको बताइन्।

साढे २ करोड लगानीमा स्थापना गरिएको यो साइबर सुरक्षा अनुसन्धान हब नेपालकै पहिलो शैक्षिक अनुसन्धान केन्द्र भएको कलेजको दाबी छ।

‘सूचना तथा प्रविधिको विकास र प्रयोगसँगै साइबर सुरक्षा निकै महत्त्वपूर्ण बन्दै गएको छ। यससँग सम्बन्धित क्षेत्रको सुरक्षा अहिले विश्वभर ठूलो चुनौतीको विषय बन्दै गएको छ,’ उनले भनिन्, ‘व्यक्तिगत तथ्यांक सुरक्षादेखि मुलुकको सार्वभौम अक्षुण्ण राख्नेसम्मको काम महत्वपूर्ण बन्दै गएका छन्।’

सूचना प्रविधि आफैँमा उदाउँदो क्षेत्र भएको र त्यसमा अझ साइबर सुरक्षा महत्त्वपूर्ण भएको उनको भनाइ छ।

प्रकाशित: २४ मंसिर २०८० १९:४४ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast