नेपालको लगातार दोस्रो हार

हिमाल प्रेस २४ मंसिर २०८० १८:५९
8
SHARES
नेपालको लगातार दोस्रो हार

काठमाडौँ- एसीसी यु-१९ एसिया कपमा नेपालले लगातार दोस्रो पराजय ब्यहोरेको छ। आइतबार सम्पन्न खेलमा नेपाल ७३ रनले पराजित भएको हो।  जितसँगै समूह ‘ए’ को अफगानिस्तानले दुई खेलमा दुई अंक जोडेको छ। लगातार दोस्रो पारजय ब्यहोरेको नेपाल अंकविहिन छ।

युएईको दुबइस्थित आइसिसी एकेडेमीको दोस्रो मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १ सय ८८ रनमा समेटियो। अर्जुन कुमालले १ सय ८ बलमा १३ चौकाको मद्दतले ९१ रनको योगदान गरेपनि नेपाललाई जित दिलाउन भने सकेनन्। यसैगरी कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दीपेश कँडेलले ११ रन बनाए।

अर्जुनले आठौं विकेटका लागि सु्वास भण्डारीसँग ५० रनको साझेदारी गरेका थिए। सुवासले आठ रन जोडे। अफगानिस्तानका लागि फरिदुन दाउदजाई र नासिर खान मारुफखीले समान तीन,मोहम्मद युनिस जाद्रनले दुई तथा खलिल अहमद र वाहिदुल्लाह जाद्रनले समान एक विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६१ रनको योगफल तयार पारेको थियो। अगफगानिस्तानका लागि जमशइद जाद्रनले १ सय ५३ बलमा आठ चौकाको मद्दतल सर्वाधिक १ सय ६ रनको योगदान गरे।

यसैगरी नुमान शाह आघाले ४१ बलमा पाँच चौका र तीन छक्काको मद्दतले ६०, रहिमउल्लाह जुर्मतीले ३५, वाफिउल्लाह तराखालीले १५, खलिल अहमदले १३ र खालिद तानिवालले १० रन बनाए।  जाद्रनले पाँचौं विकेटका लागि आघासँग ९७ र चौथो विकेटका लागि जुर्मतीसँग ८१ रनको साझेदारी गरे। नेपालका लागि हेमन्त धामी, गुल्सन झा, सुवास भण्डारीले समान दुई तथा दीपेश कँडेल र आकाश चन्दले समान एक विकेट लिए।

पहिलो खेलमा नेपाल पाकिस्तान तथा अफगानिस्तान भारतसँग समान सात विकेटले पराजित भएका थिए। नेपाले समूह चरणको तेस्रो तथा अन्तिम खेलमा मंगलबार भारतको सामना गर्नेछ।

प्रकाशित: २४ मंसिर २०८० १८:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast