लमजुङमा भोज खाएकाहरूलाई झाडाबान्ता, एक जनाको मृत्यु, ४० बिरामी

हिमाल प्रेस २४ मंसिर २०८० १८:२७ | Sunday, December 10, 2023
लमजुङमा भोज खाएकाहरूलाई झाडाबान्ता, एक जनाको मृत्यु, ४० बिरामी

पोखरा- लमजुङमा क्रिस्टमस अवसरमा आयोजित एक कार्यक्रममा भोज खाएकाहरूमध्ये करिब ४० जना बिरामी परेका छन्। तीमध्ये १ जनाको मृत्यु भएको छ।

शुक्रबार राति सुन्दरबजार नगरपालिका वडा ८ स्थित आनन्द सलाम चर्चमा भोज खाएकाहरू यति ठूलो संख्यामा बिरामी परेका हुन्। तीमध्ये भोटेओढार निवासी ३२ वर्षीया देवी परियारको निधन भएपछि चिन्ताको विषय बनेको सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइरालाले बताए।

उनले भने, ‘अस्ति (शुक्रबार) राति चर्चमा उनीहरूले भोज खाएका रहेछन्। उनीहरूलाई शनिबारदेखि झाडाबान्ता भएपछि अस्पताल भर्ना हुन थालेका हुन्। घटनाबारे हामीहरू बुझ्दै छौं।’ उनका अनुसार बिरामी सबैको सुन्दरबजारकै एचडिसिएस सामुदायिक नमुना अस्पतालमा उपचार भइरहेको हो।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले उपचाररत् बिरामीको अवस्था सामान्य छ। बिरामीमा झाडाबान्ता हुने लक्षण देखिएपछि एकपछि अर्को गरी भर्ना लिइएको उनले बताए। आइतबार बिहान ४ बजेदेखि नै बिरामीहरू उपचारका लागि आएका हुन्। बिरामीमध्ये १३ जना बालबालिका छन्।

पास्टर क्षेत्रबहादुर गुरुङको नेतृत्वमा भएको भोजमा सरिकहरूले दाल, भातसहित कालो मासको दाल, कुखुराको मासु र मुलाको अचार खाएका थिए। साथै, पानी गाउँकै धाराको प्रयोग गरिएको थियो। सुन्दरबजार नगरपालिकाका प्रमुख कोइरालाले बिरामीको उपचारमा कुनै पनि कमी हुन नदिइने बताए।

प्रकाशित: २४ मंसिर २०८० १८:२७ | Sunday, December 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast