वैदेशिक रोजगार विभागका महानिर्देशक दाहालको सरुवा

हिमाल प्रेस २३ मंसिर २०८० ९:५८
6
SHARES
वैदेशिक रोजगार विभागका महानिर्देशक दाहालको सरुवा

काठमाडौँ- वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालको सरुवा भएको छ। दाहाल श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सरुवा भएका हुन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीस्तरीय निर्णयबाट दाहाललाई उक्त जिम्मेवारीबाट हटाइएको हो। गत जेठ २ मा मात्र विभागमा नियुक्त भएका दाहालले ७ महिना वैदेशिक रोजगार विभाग सम्हाले।

पछिल्लो पटक जापान कामदार पठाउने म्यानपावरले रोजगारमा पठाउँदा नक्कली प्रमाणपत्र पेस गरेको प्रकरणमा दाहालले १४ म्यानपावरलाई निलम्बन गरेका थिए। त्यस्तै वैदेशिक रोजगार ऐन विपरीत काम गर्ने म्यानपावर कम्पनीलाई खारेज समेत गरेका थिए।

प्रकाशित: २३ मंसिर २०८० ९:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast