काठमाडौँ- बदलिएको मौसमले काठमाडौँको आकाश धुम्मिएको छ। मौसममा बदली हुँदा काठमाडौँसहित देशका विभिन्न भूभागमा चिसो बढ्दा जनजीवन प्रभावित पनि बनेको छ। तर मौसम बदलिएर चिसो बढे पनि भक्तपुर बोडेमा मनोहरा खोला किनार आसपासको खेतबारीमा भने किसान दैनिक काममा व्यस्त छन्।
सप्रिएका गाजर उखेलेर मनोहरा खोलामा धोइपखाली बजार पठाउन मात्र हैन खेतबारी खनजोत गर्ने, मल हाल्ने, बिउ छर्ने, रोपिएका तरकारी गोडमेल गर्ने साथै रोपेर सप्रिएका तरकारी टिप्नेलगायतका काममा व्यस्त छन्।

प्रकाशित: २१ मंसिर २०८० १६:३३ | Thursday, December 7, 2023
प्रतिक्रिया





