प्रचण्डलाई संसदीय दलको नेतामा चुन्दै माओवादी

हिमाल प्रेस ७ पुष २०७९ ८:३४ | Thursday, December 22, 2022
प्रचण्डलाई संसदीय दलको नेतामा चुन्दै माओवादी

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आज संसदीय दलको नेता चयन गर्ने भएको छ। प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणपछि माओवादीले दलको नेता चुन्ने कार्यक्रम तय गरेको हो।

माओवादी केन्द्रले आज दिउँसो ४ बजे संसदीय बैठक बोलाइएको छ। दलको नेतामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन हुने पक्का जस्तै छ। प्रतिनिधि सभामा माओवादी केन्द्रका ३२ सांसद छन्।

यसअघि हिजो कांग्रेसले चुनावमार्फत संसदीय दलको प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवालाई चयन गरिसकेको छ।

प्रकाशित: ७ पुष २०७९ ८:३४ | Thursday, December 22, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast