मदरल्यान्डले गर्‍यो तीन विद्यार्थीलाई नगदसहित सम्मान

हिमाल प्रेस १९ मंसिर २०८० १७:३४
820
SHARES
मदरल्यान्डले गर्‍यो तीन विद्यार्थीलाई नगदसहित सम्मान

पोखरा- मदरल्यान्ड माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट विद्यार्थीलाई दुई लाख रुपैयाँ नगदसहित सम्मान गरेको छ। विद्यालयमा मंगलबार आयोजित विद्यार्थी सम्मान कार्यक्रममा उनीहरूसहित एमबीबीएस, बीडीएस,आईओईमा पनि नाम निकाल्न सफल विद्यार्थीलाई सम्मान गरिएको हो।

कक्षा १२ को परीक्षामा विज्ञान संकायतर्फ कृतिका थापा, जीवन अधिकारी र व्यवस्थापन संकायका राजेश पौडेल परीक्षामा सम्मिलित विद्यार्थीमध्ये सर्वोत्कृष्ट भएका थिए। उनीहरू सबैले ल्याएको ३.९६ जीपीए नेपालकै उत्कृष्ट हो। सबैलाई ‘मदरल्यान्ड एक्सिलेन्स अवार्ड’ स्वरूप जनही दुई लाख रुपैयाँ र ट्रफीसहित सम्मान गरिएको हो।

तीमध्ये कृतिका र जीवनले एमबीबीएसको परीक्षामा पनि पूर्ण छात्रावृत्तिमा नाम निकाल्न सफल भएका छन्। कक्षा १२ को परीक्षामा ३.८८ जीपीए प्राप्त गर्ने सक्षम लामिछानेले एसबीबीएसमा आठौंभित्र पर्न सफल भएकोमा उनलाई ५० हजारसहित सम्मान गरिएको छ।

कक्षा १२ को परीक्षामा ३.८ जीपीएभन्दा माथि ल्याउनेलाई पनि सम्मान गरिएको प्राचार्य नारायण बरालले बताए। समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा.गणेशमान गुरुङ, पोखरा ७ का अध्यक्ष वडा अध्यक्ष राममोहन आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेश निर्देशक लक्ष्मण देवकोटा, उपनिर्देशक वसन्तराज पौडेल, शिक्षा विकास तथा समन्वय एकाई कास्की प्रमुख लोकराज आचार्य, पोखरा महानगरपालिका सहकारी शाखा प्रमुख भरतराज पौडेल, विद्यालय निर्देशक त्रिभुवन बराल, प्राचार्य नारायण बराल, इन्चार्ज नारायणप्रसाद आचार्यलगायतले सम्मान तथा पुरस्कार वितरण गरे।

अघिल्लो वर्ष पनि मदरल्यान्डकै सम्राट ढुंगानाले विज्ञान संकायमा गण्डकी प्रदेश टप गरेका थिए। २०७९ सालको एसइईमा मदरल्यान्डले नै कास्की जिल्लामा सर्वोत्कृष्ट स्थान हासिल गरेको थियो।

प्रकाशित: १९ मंसिर २०८० १७:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast