मोटरसाइकल भाडामा लगाउनेमाथि पोखरा महानगरको निगरानी, बोर्डहरू जफत

हिमाल प्रेस १८ मंसिर २०८० १८:२५
20
SHARES
मोटरसाइकल भाडामा लगाउनेमाथि पोखरा महानगरको निगरानी, बोर्डहरू जफत

पोखरा- पोखरालाई पर्यटकीय राजधानी घोषणाको तयारी भइरहँदा लेकसाइडमा कानुनविपरीत मोटरसाइकल तथा स्कुटर भाडामा लगाउनेमाथि पोखरा महानगरले निगरानी गरेको छ।

यसैक्रममा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामको सहयोगमा पोखरा महानगरपालिकाको संयुक्त टोलीले ‘बाइक अन रेन्ट’ लेखिएका करिब ४ दर्जन बोर्डहरु जफत गरेको छ ।

अनुगमनका क्रममा टोलीले लेकसाइडको मुख्य सडकखण्ड तथा भित्री सडकखण्डबाट निजी सवारीसाधन भाडामा लगाउने व्यवसाय सञ्चालन गर्दै आएका करिब ४५ पसल अनुगमन गरी साना ठूला गरी करिब ५५ बोर्डहरू नियन्त्रणमा लिएको हो।

मोटरसाइकल भाडामा लगाई विदेशी पर्यटक ठग्ने गरेको र बढी भाडा असुल गर्ने गरेको गुनासो आउने गरेको थियो।

प्रकाशित: १८ मंसिर २०८० १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast