देउवा र प्रचण्ड नेपाललाई भेट्न पुगे त्रिवि शिक्षण अस्पताल

हिमाल प्रेस ६ पुष २०७९ १५:२० | Wednesday, December 21, 2022
देउवा र प्रचण्ड नेपाललाई भेट्न पुगे त्रिवि शिक्षण अस्पताल

काठमाडौँ- प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाललाई भेट्न पुगेका छन्।

अस्वस्थ भएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत नेपाललाई भेट्न देउवा र दाहालसँगै पुगेका हुन्। भेटेर दुवै नेताले नेपालको स्वास्थ्य लाभको कामना गरेका छन्।

नेपालको छातीमा सङ्क्रमणका साथै रुघाखोकीको समस्या भएपछि मंगलबारदेखि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ। छातीरोग विशेषज्ञ डा. सन्तकुमार दास नेतृत्वको टोली उनको उपचारमा संलग्न रहेको पार्टी सचिवालयले जनाएको छ।

प्रकाशित: ६ पुष २०७९ १५:२० | Wednesday, December 21, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast