काठमाडौँ- नेकपा एमालेले आफ्नो पार्टीबाट निर्वाचित सांसदलाई राष्ट्रिय पोषाक लगाएर शपथ ग्रहणमा जान निर्देशन दिएको छ।
एमालेले मौखिक निर्देशन जारी गर्दै राष्ट्रिय पोषाक लगाउन र नेपाली भाषामै शपथ लिन निर्देशन दिएको छ। भोलि संघीय संसद्को प्रतिनिधिसभाको शपथ ग्रहण कार्यक्रम छ।
एमालेका तर्फबाट प्रत्यक्षतर्फ ४४ र समानुपातिकतर्फ ३४ सांसद छन्। संघीय ससद् सचिवालयले भने मातृभाषामा समेत शपथ गराउने व्यवस्था छ। साथै पोषाक बारे पनि खुलाएको छैन।
प्रकाशित: ६ पुष २०७९ १३:१०
प्रतिक्रिया