पोखराको सहारा क्लबको देउसीभैलोको रकम भूकम्पप्रभावितलाई

हिमाल प्रेस ९ मंसिर २०८० ११:०२ | Saturday, November 25, 2023
पोखराको सहारा क्लबको देउसीभैलोको रकम भूकम्पप्रभावितलाई फाइल तस्बिर

कास्की- पोखराको सहारा क्लबले यस वर्षको देउसीभैलो कार्यक्रमबाट संकलित रकम जाजरकोट र रुकुम पश्चिमका भूकम्पप्रभावितलाई प्रदान गरेको छ ।

तिहारमा देउसी खेलेर संकलन भएको ५५ हजार पाँच सय ५५ रुपैयाँ भूकम्पप्रभावितलाई प्रदान गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए। क्लबले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रदान गरेको उनले बताए।

क्लबले फुटबल एकेडेमी पनि सञ्चालन गर्दै आएको छ। हाल क्लबमा १२ जना बालकलाई आश्रय पाएका छन्। एकेडेमीमा ३० जनालाई शिक्षा, आवाससँगै फुटबल प्रशिक्षणको व्यवस्था गरिएको छ । क्लबले बर्सेनि पोखरामा अन्तर्राष्ट्रिस्तरको अन्तरक्लब फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रकाशित: ९ मंसिर २०८० ११:०२ | Saturday, November 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast