कांग्रेस संसदीय दलको नेता छान्‍न चुनाव सुरु

हिमाल प्रेस ६ पुष २०७९ ८:५७
54
SHARES
कांग्रेस संसदीय दलको नेता छान्‍न चुनाव सुरु

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको चुनाव भर्खरै सुरु भएको छ।

मतदानस्थलभित्र मोबाइल लैजान नपाउने सहमतिपछि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि मतदानस्थलभित्र मोबाइल लैजान पाउने या नपाउने विवादले निर्धारितभन्दा ढिला गरी मतदान सुरु भएको हो।

निर्वाचन समितिका रहेका संस्थापन पक्षधर भिष्मराज आङदेम्बे र पुष्पा भुसाल मोबाइल लैजान पाउनु पर्ने पक्षमा थिए भने संस्थापनइतर पक्षका प्रकाश स्नेही भने गोप्य मतदानमा मोबाइल लैजान हुँदैन भन्ने पक्षमा थिए।

अन्ततः गोप्य मतदानमा मोबाइल लैजान नपाउने सहमतिपछि मतदान सुरु भएको हो। संसदीय दलको चुनावमा संस्थापनबाट सभापति शेरबहादुर देउवा र संस्थापन इतरबाट महामन्त्री गगन थापा भिड्दैछन्।

दलको नेता चुन्न कांग्रेसका ८९ सांसदले मत हाल्दैछन्।

प्रकाशित: ६ पुष २०७९ ८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 12 =