नेसपा र माओवादीबीच एकता संयोजन समिति गठन गर्न सुझाव

हिमाल प्रेस ३ मंसिर २०८० १४:५१ | Sunday, November 19, 2023
नेसपा र माओवादीबीच एकता संयोजन समिति गठन गर्न सुझाव नेकपा माओवादी मुख्यालयमा आइतबार बसेको एकता वार्ता समितिको बैठकमा सहभागी नेताहरू। तस्बिर सौजन्य : नेसपा

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा) र नेकपा माओवादी केन्द्रबीच एकता वार्ता समितिको बैठकले दुवै पार्टीलाई एकता संयोजन समिति गठन गर्न सुझाव दिने निर्णय गरेको छ।  माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आइतबार बसेको वार्ता समितिको बैठकले समिति गठन गर्न सुझाव दिने निर्णय गरेको हो।

नेसपा वार्ता समिति संयोजक गंगानारायण श्रेष्ठले दुवै पार्टीलाई एकता संयोजन समिति गठन र दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयमा छलफल गरी सहमतिका आधार अगाडि बढ्ने निर्णय भएको जानकारी दिए।

उनका अनुसार बैठकले पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्नलगायतका विषयमा पार्टी एकता संयोजन समितिले सहमति गरेअनुरुप अगाडि बढ्ने गरी सुझाव दिने निर्णय गरेको छ।

श्रेष्ठले बैठकमा यसअघि समितिले गरेका गतिविधिबारे रिपोर्टिङ भएको जानकारी दिए।

एकता संयोजकमा माओवादी केन्द्रबाट कृष्णबहादुर महरा छन्। पछिल्लो समय नेसपा अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठलगायतका नेताहरू माओवादीसँग तत्काल पार्टी एकता गर्नुपर्ने गर्नुपर्ने पक्षमा छन्।

अर्का अध्यक्ष डा.बाबुराम भट्टराई पक्षधरले भने पार्टी एकता नभई वैकल्पिक राजनीतिको अभियानलाई सशक्त बनाउनुपर्नेमा जोड दिएको छ। नेसपा केन्द्रीय समिति बैठक आगामी बुधबार र बिहीबार बस्दैछ।

प्रकाशित: ३ मंसिर २०८० १४:५१ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast