कालिमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति?

हिमाल प्रेस ३ मंसिर २०८० ९:५८ | Sunday, November 19, 2023
कालिमाटीमा कुन तरकारी र फलफूलको मूल्य कति?

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि मूल्य तोकेको छ।

समितिले ठूलो गोलभेँडा (भारतीय) को मूल्य प्रतिकिलो ६६ रुपैयाँ ६७ पैसा, सानो गोलभेँडा (लोकल) प्रतिकिलो २५ रुपैयाँ, रातो आलु प्रतिकिलो ५६ रुपैयाँ ५० पैसा तोकिएको बताएको छ।

त्यसैगरी प्याज ९२ रुपैयाँ ५० पैसा, गाँजर ५६ रुपैयाँ ६७ पैसा, काउली प्रतिकिलो १५ रुपैयाँ, रातो मुला ३२ रुपैयाँ ५० पैसा प्रतिकिलोमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ।

त्यसैगरी समितिले फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३३५ रुपैयाँ, एक दर्जन केराको मूल्य १६५ रुपैयाँ ६७ पैसा, सुन्तला ८६ रुपैयाँ ६७ पैसा, जुनार २४० रुपैयाँमा खरिदबिक्री भइरहेको जनाएको छ।

प्रकाशित: ३ मंसिर २०८० ९:५८ | Sunday, November 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast