लगातारको वर्षाले फेरि भत्कियो मुग्लिन–नारायणगढ सडक

हिमाल प्रेस ११ असोज २०८३ ८:३२ | Sunday, September 27, 2026
लगातारको वर्षाले फेरि भत्कियो मुग्लिन–नारायणगढ सडक फाइल तस्बिर।

काठमाडौँ- अविरल वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत नाम्सी खोला पुलमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

सडक डिभिजन भरतपुरका अनुसार आइतबार बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो । पहिरो हटाउन करिब दुई घण्टा लाग्ने अनुमान गरिएको छ।

पहिरो हटाउने काम शुरू गरिएको र सडक खुलाउन समय लाग्ने भएकाले उक्त सडकखण्डमा यात्रा गर्ने सवारीसाधन तथा यात्रुलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

लगातारको वर्षाले देशका विभिन्न भागमा क्षति गरेको छ ।

प्रकाशित: ११ असोज २०८३ ८:३२ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast