कान्तिपुर भेट ग्रुपले गर्‍यो विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग

हिमाल प्रेस १९ भदौ २०८३ १०:२४ | Friday, September 4, 2026
18
SHARES
कान्तिपुर भेट ग्रुपले गर्‍यो विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग

काठमाडौँ- भेटेरिनरी क्षेत्रमा सक्रिय कान्तिपुर भेट ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग गरेको छ।

गत बुधबार (भदौ १० गते) रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ग्रुपले प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ।

अध्यक्ष सुना सुवेदीको नेतृत्वमा रहेको कान्तिपुर भेट ग्रुपको तर्फबाट उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।

यसअघि भोटेकोशीमा बाढी आएको दिनदेखि नै कान्तिपुर भेटले विपद् प्रभावित क्षेत्रमा निःशुल्क भेटेरिनरी औषधी उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो।

सोहीअनुसार कम्पनीले नेपाल भेटेरिनरी एसोसिएसनलगायत विभिन्न निकायमार्फत लाखौँ रुपैयाँ बराबरका भेटेरिनरी औषधी निःशुल्क उपलब्ध गराइसकेको जनाएको छ।

कम्पनीले प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकसँगै पशुपन्छीको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रकाशित: १९ भदौ २०८३ १०:२४ | Friday, September 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast