काठमाडौँ- जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले रसुवामा आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावितहरूको राहत, पुनःस्थापना तथा पुनःउत्थानमा सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले नेपाल सरकारको राहत, पुनःस्थापना र पुनःउत्थान प्रयासलाई सघाउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।
जेजीआईले यो सहयोगलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) प्रतिको प्रतिबद्धताको निरन्तरता भएको उल्लेख गर्दै प्राकृतिक विपत्तिबाट प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता व्यक्त गरेको छ।
कम्पनीले बाढीका कारण ज्यान गुमाएकाहरूका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै विपत्तिबाट प्रभावित सबै व्यक्ति र समुदायप्रति हार्दिक सहानुभूति प्रकट गरेको छ।
प्रकाशित: १६ भदौ २०८३ १५:०० | Tuesday, September 1, 2026
प्रतिक्रिया


